मोहनामा नुहाउँदै थिए, डुबेर बेपत्ता भए छोटु

प्रकाशित:

कञ्चनपुर। कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्रसिंह बोहोराले बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको बताए।

स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार