काठमाडौं। नेपाल प्रिमियर लिग अक्सनमा दोस्रो चरणमा ७ खेलाडी न्यूनतम मूल्य १० लाख रुपैयाँमा बिक्री भएका छन्। पहिलो चरणमा नबिकेका शरद भेषावकर, बिनोद भण्डारीसहित ए ग्रेडका ७ खेलाडी दोस्रो चरणमा बिकेका हुन्।

सबै टोलीले ए ग्रेडमा सुरुवातमा नबिकेका खेलाडी फ्रेन्चाइज टोलीले रोज्न पाएका थिए। विनोद भण्डारीलाई किन्न सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। सुदूरले लक्की ड्रमार्फत विनोदलाई पायो। समान १० लाखमा बिक्री भएका ७ खेलाडी यस प्रकार छन्।

कमलसिंह ऐरी – चितवन राइनोज

राशिद खान- काठमाडौं गुर्खाज
किशोर महतो- जनकपुर बल्ट
दिलिप नाथ – पोखरा
बसिर अहमद – विराटनगर
विनोद भण्डारी – सुदूरपश्चिम
शरद भेषावकर- चितवन राइनोज
दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अक्सनमा राष्ट्रिय टिमका मिडल अडर ब्याट्सम्यान आरिफ सेखलाई १५ लाख र टी-२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई १२ लाखमा किनेको छ।
यो पनिः एनपीएलमा अनसोल्ड सुदूरका विनोद भण्डारी