एनपीएलमा अनसोल्ड सुदूरका विनोद भण्डारी

प्रकाशित:

काठमाडौँ। विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनसोल्ड भएका छन्। आइतबार काठमाडौँमा भएको अक्सनमा भण्डारीलाई कुनै पनि टोलीले मूल्य लगाएनन्।

उनले न्यूनतम १० लाख मूल्य लगाएका थिए। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन। आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार