महेन्द्रनगर । कञ्चनपुरमा गर्भवती हात्ती मृत फेला परेको छ । जिल्ला स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र शुक्रबार गर्भवती हात्ती मृत फेला परेको हो ।
निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा हात्ती मृत फेला पारेको शुक्लाफाँटा राष्ट्रिय निकञ्ज कार्यालय मक्र्गाँउले जनाएको छ ।
प्रसव पीडा सहन नसक्दा हात्तीले ज्यान गुमाएको हुनसक्ने कार्यालयका सुचना अधिकारी मनोज ऐरले बताए । उनका अनुसार हात्तीले बच्चा जन्माउन नसकेर मरेको हो ।
‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तु स्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’
गत १२ असोजमा उक्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४/५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४ डागाँ जाईका ५० बर्षिया रामदत्त रानाको मृत्यु भएको थियो ।
हात्तीको आक्र्रमणबाट मानिसको मृत्यु भएको सातामै हात्ती पनि मृत फेला परेको छ । रानामाथि आक्रमण गर्ने हात्ती कतै त्यही वा सोही समुहको हो की भनेर स्थानीयले अडकलबाजी गरिरहेका छन् ।