कञ्चनपुर। आजदेखि दसैँ सुरु भएको छ। घरबाट टाढा रहेकाहरु घर फिर्ती भइरहेका छन् ।

पश्चिमी सीमा नाका गड्डाचौकीमा पनि भारतबाट स्वदेश फर्किने नेपालीको चहलपहल बढेको छ।

चाडबाड सुरु भएसँगै भारतको विभिन्न ठाउँमा काम गर्ने नेपाली घर फर्किन थालेका छन्।

चाडबाडको लागि खर्च जोहो गरेर परिवारसँग हर्षोल्लासका साथ दसैँ मनाउन झोलिझिम्टा बोकेर नाकामा नेपालीको भीड छ।
दैनिक तीन चार सयको हाराहारीमा नेपाली गड्डाचौकी नाका भएर घर फिर्ती भइरहेका छन्।
हेर्नुहोस् तस्बीर