अमेरिकी डिभी भिसा खुल्यो

प्रकाशित:

महेन्द्रनगर। अमेरिकी डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन प्रक्रिया सुरु भएको छ। नेपालस्थित अमेरिकी दूतावासले बुधबार यस बारेमा जानकारी गराएको हो।

डिभी भिसा आवेदन बुधबार राति ९ बजेर ४५ मिनेटमा खुला भएको छ। यो आवेदन प्रक्रिया कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ।

डिभी कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले निःशुल्क अनलाइन फारम भर्न सक्नेछन्। अमेरिकी दूतावासले आवेदन प्रक्रिया सहज बनाउनका लागि अनलाइन फारम आफैं भर्न अनुरोध गरेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार