कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत पिलिभित हजाराथाना टिला–४ का ३३ वर्षीय गुड्डु रहेका छन्।
बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट ३ ग्राम ३५ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ एफ २२३० नम्बरको मोटरसाइकललाई जाँच गर्दा भारतीय नागरिकको साथमा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।
उनी भारतबाट लागु औषध नेपालतर्फ सप्लाइ गर्ने गिरोहमध्येकै रहेको हुनसक्ने आशंका छ।
यो पनिः कञ्चनपुरलाई लागुऔषध दुर्व्यसन मुक्त बनाउन सबैको हातेमालो आवश्यक : सीडीओ सापकोटा