सुदूरपश्चिम भूगोलबाट विष्ट, थापा र चटौत केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाशित:

 

२७ असोज, काठमाडौं ।सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट ,सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बहादुरसिंह थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्  ।

नेता  विष्ट संगै सुदूरपश्चिम प्रदेश का पूर्वअर्थमन्त्री बहादुरसिंह थापा सुदूरपश्चिम भूगोलबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय थापा र विष्ट कञ्चनपुरका बासिन्दा हुन् ।

अन्तिम मतपरिणाम अनुसार दुवै जनाले समान एक हजार ७९९ मत पाएका छन् । थापा र विष्टसँगै सुदूरपश्चिम भूगोलबाट डडेल्धुराका जनक चटौत पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनले दुई हजार ५०८ मत पाएका छन् ।

भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

सुदूरपश्चिम भूगोलतर्फ चौथो भएका विजयबहादुर स्वारले एक हजार ५९४, पदमबहादुर शाहीले एक हजार ४९२, पुस्करराज ओझाले एक हजार ५८५, नन्दकृष्ण जोशीले एक हजार ५८३ मत पाएका छन् ।

यस्तै, दीपकबहादुर सिंहले एक हजार तीन सय ११, हरिप्रसाद बोहराले एक हजार १९२, टीकाराम खनालले एक हजार १३४, लेखराज जोशीले ९७१, रामबहादुर राकायाले ९६०, र सिभी मल्लले ७१५ मत प्राप्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार