कञ्चनपुरलाई लागुऔषध दुर्व्यसन मुक्त बनाउन सबैको हातेमालो आवश्यक : सीडीओ सापकोटा

प्रकाशित:

कञ्चनपुर। पछिल्लो समयमा भारतसँग जोडिएका खुला सीमा नाकाका कारण भित्रिने लागु औषधले समाजमा दुर्व्यसनीको अवस्थामा जर्जर भइरहेका बेलामा समाजलाई स्वस्थ राख्न अपरिहार्य रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आयोजनामा आयोजित लागुऔषध नियन्त्रण सम्बन्धि तीन महिने अभियान अन्तर्गत सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसंग समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रममा बोल्दै सीडीओ सापकोटाले लागुऔषध दुर्व्यसनीले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै क्षति पु¥याइरहेको बताए।

दुर्व्यसनीको विकराल रुपलाई नियन्त्रण र रोकथाम गरी समाजलाई स्वस्थ राख्न अपरिहार्य रहेको उनको भनाइ थियो। ‘लागुऔषध नियन्त्रणका लागि सबै पक्षको उत्तिकै भूमिका हुन्छ। यसको सेवन, बेचवबखन, ओसारपसारको नियन्त्रण र रोकथामका लागि सबै पक्षले समुदाय स्तरबाटै जिम्मेवार भएर लाग्नु लागे मात्रै समाजलाई दुर्व्यसनीको सिकार हुनबाट बचाउन सकिन्छ,’ उनले भने।

पछिल्लो तथ्याङ्कले कञ्चनपुर जिल्ला लागुऔषध दुर्व्यसनी, ओसारपसार र बिक्री वितरणमा नेपालका दश जिल्लामध्ये सातौं स्थानमा रहेको बताउँदै दुर्व्यसन मुक्त जिल्लाको एक नम्बरमा राख्न सबैले हातेमालो गरेर अघि बढ्नु पर्नेमा उनले जोड दिए।

उनले भने ‘अहिले कञ्चनपुर जिल्ला कारागारमा रहेको ५ सय कैदीबन्दी मध्येमा २ सय ६ जना कैदी लागुऔषध मुद्दाका मात्र छन्। यस्तो अवस्थाले समाज कतातिर गइरहेको छ भन्ने प्रष्ट देखिन्छ ।’

यो पनिः लागुऔषधका कैदीले कञ्चनपुर कारागार बेहाल!

यस्ता कार्यलाई जरैबाट उखेल्न राज्य, अभिभावक र सरोकारवाला पक्षले समेत जिम्मेवार भएर रोकथाम तथा नियन्त्रणमा जुटनु पर्ने उनले बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लामा लागुऔषध दुर्व्यसनीको अवस्था, चुनौती, कार्वाहीको उपब्धि, कानुनी व्यवस्था रोकथामका तथा अपराध नियन्त्रणको अवस्थाको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा जिल्लाका ९ वटै पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, ४ वटै सुरक्षा निकायका प्रतिनिधि, सरोकारवाला पक्ष लगायतको सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार