काठमाडौंको लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

प्रकाशित:

महेन्द्रनगर । गोरखाबाट काठमाडौंका लागि छुटेको बस दुई दिनदेखि सम्पर्कविहीन भएको छ। शुक्रवार राति धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस खानीखोला पुगेर सम्पर्कमा आएको थियो, तर त्यसपछि कुनै पनि जानकारी प्राप्त भएको छैन।

गोरखा दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष नारायण खत्रीका अनुसार बसमा एक जना यात्रु र तीन जना स्टाफ, कुल चार जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय गोरखाले बस हराएको विषयमा जानकारी प्राप्त गरेको छ र खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, “खोजी कार्य जारी छ।”

प्रालिले हराएको बसको खोजीमा सहयोगको अपील पनि गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार