कञ्चनपुरमा पहिलो पटक शिक्षक महासंघ गठन, अध्यक्षमा निर्मला जोशी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा नेपाल शिक्षक महासंघको गठन गरिएको छ । जिल्लामा पटक पटक नेपाल शिक्षक महासंघको गठनका लागि पहल थालिए पनि सफल भएको थिएन । यद्यपी शनिवार जिल्लामा पहिलो पटक सर्वसम्मत महासंघको गठन गरिएको छ ।

नेपाल शिक्षक संघ कञ्चनपुरकी नेतृ निर्मला जोशीको नेतृत्वमा जिल्लामा महासंघको गठन गरिएको छ । अध्यक्षमा जोशी, सह–अध्यक्षमा विक्रम चौधरी, उपाध्यक्षमा दिपक महरा, सचिवमा जगदिश प्रशाद जोशी चयन भएका छन ।

त्यस्तै सह सचिव (अर्थ) मा ओम प्रकास जोशी, सह सचिवहरुमा ज्ञानु बोहरा, बृहस्पती चौधरी, कृष्ण बहादुर कुँवर, भीमलाल तामाङ्ग, उज्जल सिह धानुक, चुडामणी भट्ट, भानदेव भट्ट र हुकुम बोहरा गरि अर्थ सहित सह सचिवमा नौं जना चयन भएका छन् ।

सदस्यहरुमा राजमती ऐर, मञ्जु जोशी, पदम बहादुर शाह, लोकराज पन्त, ज्योती जोशी, टंकलाल शर्मा, उमेश प्रशाद जोशी, रमा पन्त, ज्ञानु आग्री, मान बहादुर चन्द, कुशुभ न्यौपाने, कालिराम चौधरी, जनक बहादुर साउद, धर्मराज पण्डित, कर्ण बहादुर बुढा, डम्बर विष्ट, हिरालाल चौधरी, बिरेन्द्र सिह कार्की चयन भएका छन् ।

महासंघले जिल्लाका नौं वटै पालिका स्तरमा समेत कार्यसमिति विस्तार गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार