नागढुंगा मुनिको झ्याप्लेखोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

प्रकाशित:

काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

गाडीबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ। हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।

बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार