एकैचोटि डुबेर ४६ जनाको मृत्यु

प्रकाशित:

-भारतको विहार राज्यका विभिन्न स्थानमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ बालबालिका र ७ महिला छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार ज्यान गुमानेहरू पूर्व र पश्चिम चम्पारण, औरंगावाद, कैमुर, बुक्सर, सिवान, सरण, पटना, वैसाली, मुजफ्फरपुर, समस्तीपुर, गोपालगन्ज र अवाल जिल्लाका छन् ।

विपद् व्यवस्थापन विभागले ज्यान गुमाएकामध्ये ४३ जनाको शव निकालिएको जनाएको छ । अन्यको खोजी तथा उद्धारका लागि राष्ट्रिय र राज्य तहका विपद् फौज परिचालन गरिएको जनाएको छ ।

विहारका मुख्यमन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार