चिप्लिएर सप्तकोशीमा खस्यो बस, २० जना यात्रुको उद्धार

प्रकाशित:

काठमाडौं । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट चिप्लिएर नदीमा खसेको छ ।

तीव्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले बताए ।

बसबाट सबै २० यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको जानकारी दिए ।

‘चालक र अन्य यात्रुसँग सोधपुछ गर्दा २० जना मात्र सबार रहेको बुझिएको छ । यद्यपी अझै खोजविन जारी रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरु यात्री सबै सकुशल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार