बैतडीमा पहिरोले घर पुरियो, परिवार विस्थापित

प्रकाशित:

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा पहिरोले सुरेन्द्र रोकायाको घर पुरिएको छ। गत राति १२ बजेतिर आएको पहिरोले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्याएको हो।

प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार, घर पहिलेदेखि नै जोखिममा थियो र वर्षा शुरु हुनासाथ रोकायाले परिवार र गाईवस्तुलाई आफन्तको घरमा सारिसकेका थिए, जसका कारण मानवीय र पशुचौपायामा कुनै क्षति भएको छैन।

रोकायाको परिवार अहिले आफन्तको घरमा बसीरहेका छन्। पहिरोले पुरिएको घरभित्रका अन्नपात, लत्ताकपडा र भाँडाकुडा नष्ट भएका छन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ, र क्षतिको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार