कृष्णपुरको जंगलबाट खैरो हेरोइनसहित समातिए झलारीका २ युवक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा मंगलबार बेलुका लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–९ पिपरिया जंगलबाट दुई किशोरलाई खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय रैकबारबाट खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारीका २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश रानालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट ८५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार