वडाध्यक्ष ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ

प्रकाशित:

झापा।  बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गोपाल ओलीलाई ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको छ। मंगलबार दिउँसो झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि उनलाई पक्राउ गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का नेता कार्यकर्ताहरूले ओलीलाई घुस रकमसहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।

अर्जुन पाण्डे, पार्टीका प्रदेश कमिटी सदस्यका अनुसार ओलीले जमीनमा घर जग्गा बाटोको सिफारिस गरिदिनुका लागि उक्त रकम असुल गरेका थिए। पीडितले पार्टीमा घटनाबारे जानकारी गराएपछि ओलीलाई योजनाबद्ध रूपमा पक्राउ गरिएको बताइएको छ।

हाल ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिमा राखिएको छ।प्रहरीले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै उनलाई नियन्त्रणमा लिएको र यो घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई खबर गरिएको जानकारी दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार