काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको स्पष्ट कारण माग गरेको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंलाई यसबारे जानकारी दिन आदेश दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृको उजुरीका आधारमा साइबर ब्यूरोले आइतबार प्रसाईंलाई पक्राउ गरेको थियो। जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ, तर उनका छोरा निराजनले आफ्नो बाबु गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेका छन्।