कलाकार भिसा भनी ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

प्रकाशित:

काठमाडौं। विदेशमा कलाकार भिसा दिने बहानामा ठगी गरेको आरोपमा नेपाली कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, ४० वर्षीय इकुले सांस्कृतिक कार्यक्रमका नाममा गैर-कलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया, र युरोपका विभिन्न देशमा लैजाने दाबी गर्दै ठगी गरेका थिए। इकुले संचालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको पाइएको छ।

पक्राउका क्रममा, इकुले विदेश जान लागेका व्यक्तिहरूका लागि नक्कली डोक्युमेन्ट तयार गर्ने काम गरेको पनि थाहा परेको छ। अहिले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनको अनुसन्धान अघि बढाइएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार