दोधारा चाँदनीमा धानबारी भित्र एक जना मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको दोधारा चाँदनीमा आज ४२ वर्षीय नारायण सोनी मृत अवस्थामा फेला परेका छन् ।

दोधारा चाँदनी नगरपालिका-३ को पूर्णगिरी टोलमा मंगलवार बेलुका ६:३० बजे धानबारीमा ४२ वर्षीय सोनी मृत फेला परेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

उक्त घटना सन्दर्भमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक होम प्रकाश चौधरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार