काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बाल श्रमशोषणको आरोपमा पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रूपमा बन्दी बनाएर हिंसा गरेको आरोप लगाएका छन्।
बालेनले काठमाडौँ महानगरले यो मुद्दामा दुई महिना अघि नै कारबाही अघि बढाउन प्रयास गरेको भए पनि सरकारले सांसद शर्मालाई पक्राउ नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई सुशासनको मापदण्डमा काम गर्न र अदालतले समेत मुद्दा चलाउन भनेको अवस्थामा तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।