बैतडी पञ्चदेवलको गौरा पर्वमा मुख्य आकर्षणको रुपमा ‘लाखेनाच’ (भिडियो सहित)

प्रकाशित:

महेन्द्रनगर । बैतडीको पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिरमा मौलिक चाड गौरा पर्व अन्तर्गत लाखेनाच खेलिएको छ । दशरथचन्द नगरपालिका–४ मा मनाईने गौरा पर्वका दिन मुख्य आकर्षणका रुपमा लाखेनाच खेलिने गरेको स्थानीय उद्धव मार्कण्डले बताए ।

। स्थानीय भट्ट र मार्कण्ड जातीका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुख विरुवाहरु पातले शरीर ढाकेर हातमा त्रिशुल समातेर लाखेनाच खेलेर गौरा पर्व मनाइने चलन रहेको स्थानीय उद्धव मार्कण्डले बताए ।

बैतडी पञ्चदेवलमा प्राचिन कालदेखि नै शरीरमा रुखका पात बेरेर लाखेनाच नृत्य सहित गौरा पर्व मनाइने मौंलिक संस्कृति एवं परम्परा रहिआएको छ ।

बैतडी सदरमुकाम नजिकै देवलहाटमा स्थित पञ्चदेवलको गौरामा मात्र लाखे नाच चाचिने परम्परा रहेको स्थानीय बताउछन् ।

लाखेनाच मन्दिर एकसय मिटर दुरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरुलका लहर केराको पात अन्य आयुर्वेदिक लहरा पात प्रयोग गरिन्छ । लाखेनाच नृत्यमा सहभागी हुनेले कमेरो रातो माटो खरानीको टिक लगाउने चलने रहेको रहिआएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार