गुन्यु चोली पहिरनमा मेची-महाकाली यात्रामा रहेकी सुशिलालाई कञ्चनपुरमा सम्मान सहित यात्रा समापन

प्रकाशित:

महेन्द्रनगर । कानमा ढुङग्री, नाकमा फुली, गलामा नौं गेडी, कम्मरमा पटुकी, पटुकीसंगैँ खुर्पेटो हसिँया,सहित गुन्यु र चौबन्दी चोलोमा सजिएकी थिइन् झापाकी ५५ वर्षिय सुशिला तिवारी ।

झट्ट हेर्दा कुनै चाडपर्व वा सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएको जस्तै देखिएकी सुशिलालाई आइतबार कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले स्वागत एवं सम्मान गरेका छन् ।

पछिल्लो समय नेपालीहरु आफ्नो मौलिक कला संस्कृति, भेषभुषा बिर्सर्दै गएको अवस्थामा आफ्ना कला, संस्कृती, मौलिक भेषभुषा जर्गेना गर्नुपर्छ भन्ने संदेश दिन नेपाली मौलिक पोषाक लगाएर मेची-महाकाली बुलेट बाईक यात्रामा रहेकी सुशिलालाई कञ्चनपुरका भीमदत्त र दोधारा भाँदनी नगरपालिकाले स्वागत एवं सम्मान गरेका हुन् ।

नेपाली मौलिक पोषाकको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन आफुले नेपाली मौलिक पोषाक लगाएर मेचि–महाकाली बुलेट बाईकको यात्रा गरेको सुशिलाले बताइन् ।

‘पछिल्लो समय हामी हाम्रा कला संस्कृति,भेषभुषा बिर्सदैँ गएको अवस्था छ ।’ स्वागत कार्यक्रममा बोल्दै उनले भनिन् ‘ नेपाली मौलिक पोषाक लगाएरपनि बाईक चलाउन सकिन्छ ।

हामीले हाम्रो कला संस्कृति, मौलिक भेषभुषा जोगाउनु पर्छ भन्ने संदेश दिन आफ्नो मौलिक पोषाक लगाएर मेचि देखी महाकाली सम्म बुलेट बाईकको यात्रा गरेकी हु ।’

गत भदौं ५ गते झापाबाट सुरु गरेको यात्रा सुशिलाले आइतबार कञ्चनपुरको गड्डाचौकी पुगेर समापन गरेकी छिन् ।

कञ्चनपुरको भीमदत्तमा कार्यबाहक नगर प्रमुख केशव सिंह बिष्ट, निमित्त प्रमुख प्रसासकीय अधिकृत हरिदत्त जोशी र दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख किशोर कुमार लिम्बुले सुशिलालाई स्वागत तथा सम्मान गरेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार