अमेरिकामा श्रीमतीको हत्या अभियोगमा कञ्चनपुरका एक जना पक्राउ

प्रकाशित:

काठमाडौं । अमेरिकामा ३ साता अघिदेखि हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन् ।

अमेरिकी मिडियाहरुका अनुसार अदालती कागजातले उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको निवास (हिथर कोर्ट होम) मा श्रीमती ममताको हत्या गरेको र शव घरबाहिर लगेको बलियो अनुमान गरेको हो ।

नरेश भट्टलाई त्यहाँको प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ भने शुक्रबार बिहानै (अमेरिकी समयअनुसार) हत्या आरोप तथा शरीर लुकाएको अपराधमा अदालतमा पेस गरेको छ ।

मानासास पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरुले दुई दिनसम्म उनीहरुको घरमा खानतलासी लिएर अनुसन्धान गरेका थिए । त्यसपछि शरीर लुकाएको र अनुसन्धानमा नसघाएको अभियोग लगाइएको थियो ।

घरको खोजीका क्रममा प्रहरीले उनीहरुको मास्टर बेडरूममाको बाथरूममा र बाथटबको वरिपरि रगत भेटेको जनाइएको थियो ।

भर्जिनियामा यसलाई गम्भीर अपराधका रुपमा लिइन्छ । त्यसलगत्तै बिहीबार अपराह्न घरबाट प्रहरीले नरेशलाई हत्कडीसहित गाडीमा हालेर लगेको थियो । सेभेनन्युजका अनुसार खानतलासी र अनुसन्धानसँगै अधिकारीहरुले ममताको मृत्यु भएको अनुमान गरेको थियो ।

कञ्चनपुरको बेलडाँडी वडा नं.२ स्थायी घर भएका भट्ट र काभ्रे पनौती ६ की ममता काफ्लेको वि.स.२०७७ मंसिर २५ गते हिन्दु संस्कार अनुसार विवाह भएको थियो । पछिल्लो समयमा श्रीमान श्रीमती बीच सुमधुर सम्बन्ध नरहेको जनाइएको छ । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ ।

प्रहरीका अनुसार काफ्ले मनसास पार्कबाट जुलाई ३० देखि हराइरहेकी थिइन । ममताका श्रीमानले अगस्ट ५ ९साउन २१० मा मात्र आफ्नी पत्नी हराएको खबर प्रहरीमा दिएका थिए ।

त्यसअघि २ अगस्ट ९साउन १८० मा ममता बस्ने घरमा पुगेको थियो । घरमै रहेका ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ ग¥यो । उनले आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेनन् ।

उनले ममताको परिवार र अमेरिकामा नेपाली समुदायको दबाबपछि हराएको पाँच दिनपछि मात्रै प्रहरीमा रिर्पोट गरे । त्यसपछि मनासास पार्क प्रहरीले घटनाबारे तीव्र रूपमा अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् भने जुलाई २८ मा साथीसँग कुरा गरेको थिइन् ।

जुलाई २९ मा उनले नेपालमा आफ्नी आमालाई फोन गरेर कुरा गरेकी थिइन् । ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रुपमा कार्यरत थिइन ।

मिडिया रिपोर्टका अनुसार भट्ट दम्पतीका एक वर्षीया छोरी छिन् । उनलाई सोसल सर्भिसेजको रेखदेखमा राखिएको छ । नरेशलाई अक्टोबर ८ मा पुनः अदालतमा पेस गरिनेछ भने अदालतले प्राप्त प्रमाणलाई हेरी अभियोगबारे निर्णय गर्ने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार