बैतडी । बैतडी प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरी गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
विभिन्न ठाउँमा आँफै उम्रेको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको उनले बताए । गाँजा लागूऔषध भएकाले गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
गाँजा लागूऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट नष्ट गर्ने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
अहिलेसम्म जिल्लाभरी करीब ४ रोपनी क्षेत्रफलमा आँफै उम्रेको गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।