महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थी र प्रशिक्षकले छाडा पशु चौपायाको बन्ध्याकरण गरेका छन् ।
विद्यालयको डिप्लोमा तह कृषि पशु विज्ञान समूहका विद्यार्थी र प्रशिक्षकले गड्डाचौकीदेखि महेन्द्रनगर बजार वसपार्कसम्म सडकमा भेटिएका छाडा चौपायाको बन्ध्याकरण गरेका छन् ।
छाडा चौपाया बन्ध्याकरण तथा स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत बन्ध्याकरणमा विद्यालयका कार्यरत तीन पशु चिकित्सकको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
टोलीमा चिकित्ससंगै पशु विज्ञान अध्ययनरत ४८ विद्यार्थी सहभागी भए । उनीहरुले छाडा कुकुरलाई रेबिज, लुतोको सुई, पशु बन्ध्याकरण र पशुहरुलाई किराको औषधि खुवाउने लगायतका कार्य गरेको विद्यालयका लेखा अधिकृत लक्ष्मण प्रसाद भट्टले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युराज कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी प्रमुख अतिथि थिईन् ।
कार्यक्रममा सिद्धनाथ अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पाण्डेय, विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्रराज जोशी लगायतका सहभागी भए ।
कार्यक्रममा सहायक प्रधानाध्यापक जोशीले स्वागत मन्तव्य राखे । डा. मनोज पालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।