महेन्द्रगर । सामुहिक बलात्कारको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । गत ९ साउनमा अत्तिरियाकी एक किशोरीलामई सामुहिक बलात्कारको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा पक्राउ परेका छन्।
कैलालीको अत्तरियाकी एक किशोरीले आफु सामुहिक बलात्कारमा परेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन । गोदावरी–३ घर भएकी १७ वर्षिय किशोरीले मध्यरातमा आफु सामुहकि बलात्कारमा परेको भन्दै प्रहरीमा उजुरी गरे पश्चात थापा पक्राउ परेका हुन् ।
उक्त बलात्कार घटनामा जोडिएका अन्य चार जना भने अझै फरार छन् । किशोरी बलात्कारमा संलग्न मुख्य दाषी थापा भने पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गत ९ साउन मध्यराति १२ बजे किशोरीलाई गोदावरी–१० स्थित मालाखेती जंगलमा लगेर थापा सहितका पाँच जनाले बलात्कार गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपि उनै थापालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।