टीकापुरमा चितुवा आतंक

प्रकाशित:

धनगढी । कैलालीको टीकापुरमा चितुवाले आतंक गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । चितुवाले घरपालुवा जनावर मार्न थालेपछि टीकापुरमा त्रास फैलिएको हो ।

(राष्ट्रिय प्रकृति संरक्षण कोष) एनटीएनसीका प्राविधिकहरुले चितुवा नियन्त्रणमा लिन पासो थापिएको बताए ।

टीकापुरमा चितुवाले खोर नै रित्याउने गरी बाख्रा मार्नथालेपछि त्रास फैलिएको छ। दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र एनटीएनसीको संयुक्त टोली टीकापुर पुगेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, एनटीएनसीका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ।

चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार