महेन्द्रनगर । कञ्चनपुरका चार ओटा विद्यालयहरुमा प्रिडिप्लोमा तहको २४ महिने कार्यक्रमहरु सञ्चालन हुँने भएको छ ।
यहि शैक्षिक वर्षदेखि महेन्द्रनगर मावि (साधारण), बैजनाथ मावि महेन्द्रनगर, भृकुटी मावि र झलारीमा रहेको शुक्लाफाँटा बँहु प्राविधिक शिक्षालयमा प्रि डिप्लोमा तहको २४ महिने कार्यक्रमहरुका लागि भर्ना कार्यक्रम सञ्चालन हुँने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) अन्तर्गत प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिसीप कार्यक्रमको कार्यान्वयन प्रकृया बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार महेन्द्रनगरका बैजनाथ मावि र महेन्द्रनगर मावि (साधारण) का शिक्षक कर्मचारी र जिल्लाका निर्माण व्यवसायीहरु संग प्रि डिप्लोमा तहको २४ महिने कार्यक्रमहरुकालागि अभिमुखीकरण कार्यक्रम गरिएको इन्स्योर हेल्भेटासका प्राविधिक संयोजक विकास घजुले बताए ।
उनका अनुसार कञ्चनपुरका चार ओटा विद्यालयहरुमा प्रि–डिप्लोमा तहको २४ महिने कार्यक्रमहरु विल्डिङ कन्सट्रक्सन, अटो मोबाइल इन्जिनियरिङ र इलेक्टिकल इन्जिनियरिङ कार्यक्रमहरु सञ्चालन हुँने छन् ।
बैजनाथ मावि र महेन्द्रनगर मावि (साधारण) मा विल्डिङ कन्सट्रक्सन, भृकुटी माविमा इलेक्टिकल इन्जिनियरिङ र झलारीको शुक्लाफाँटा बँहु प्राविधिक शिक्षालयमा अटो मोबाइल इन्जिनियरिङको २४ महिने प्राविधिक शिक्षा दिने छ ।
उक्त कार्यक्रमहरुमा २०/२० जना विद्यार्थीको भर्ना लिइने इन्स्योर हेल्भेटासका प्राविधिक अधिकृत टेकेन्द्र कुमार वडले बताए । सीटीइभीटीको ‘नम्स’ अनुसार विद्यार्थी एवं प्रशिक्षकलाई सुविधा दिइने उनले बताए ।
उक्त कार्यक्रमको लक्ष्य कञ्चनपुरमा निर्माण संग सम्बन्धित दक्ष प्राविधिकहरु उत्पादन गर्नु रहेको प्राविधिक अधिकृत टेकेन्द्र कुमार वडले बताए ।
यो कार्यक्रममा यहि महिनाको अन्तिम साता देखि भर्नाका लागि आवेदन खुला गरिने छ । उक्त कार्यक्रमहरु निःशुल्क अध्ययन गर्न सकिने भएकाले जेहेन्दार तथा काम प्रति लगाव भएका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
एसईई/एसएलसी उत्तिर्ण विद्यार्थीहरुले उक्त कार्यक्रममा भर्ना गर्न सक्नेछन् । सोहि कार्यक्रम संग सम्बन्धित भएर मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अभिमुखीकरण कार्यक्रममा बैजनाथ मावि, साधारण माविका शिक्षक कर्मचारी, विव्यस अध्यक्ष, जिल्लाका निर्माण व्यवसायी र संघका उपाध्यक्ष देव बहादुर चन्द लगायत इन्स्योर परियोजनाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।