कांग्रेसले मन्त्री र स्थानीय जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन सम्बन्धी निर्देशका बनाउने भएको छ ।

कांग्रेसका मन्त्री र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागिएको हो ।प्रदेश, संघमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको पार्टीसँग समन्वय गर्नका लागि निर्देशिका बनाउन लागिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

‘संघ, प्रदेशमा मन्त्री बन्ने, स्थानीय तहमा कांग्रेसबाट जित्ने तर पार्टीलाई रिपोर्टिङ नगर्ने प्रवृत्ति छ,’ ती पदाधिकारीले भने, ‘घोषणापत्र एकातिर मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको काम अर्कोतिर भएको छ ।

’मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले सुधारको कार्य गरे आफ्नो कारणले भएको भन्दै जस लिने प्रवृत्ति रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, गलत कार्य गरे अपजसको भागिदार पार्टी हुनुपर्ने भएकाले त्यस्तो अवस्थाका अन्त्य गर्नका लागि निर्देशिका ल्याउन लागिएको शीर्ष तहका नेताले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार