कञ्चनपुरमा भन्सार छलिका समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा झण्डै ढेड लाख बराबरका भन्सार छलिका अवैध समान प्रहरीले बराबद गरेको छ ।

सोमबार जिल्लाको विभिन्न तीन ठाउँबाट प्रहरीले भन्सार छलिका चिनि, दाल, चना, खाने तेल, सरफ, गुड, बेसन, चकलेट, खुर्सानी, साडी, धोती, सुट पिस, सुटको थान कपडा, कुर्ती, आईरन, हाडवेयरका सामान र किरानाका पसलका सामान बरामद गरेको हो ।

भीमदत्त नगरपालिका–५ विश्वकर्मा मन्दिर नजिक, भीमदत्त–९ जिरो प्वाईन्ट र गड्डाचौकी बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी एक लाख ४५ हजार ३८० रुपैँया बराबरको वेवारिसे अवस्थामा छोडिएका समान प्रहरीले बरामद गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार