ड्रोनबाट खोज्दा कमलशा टोलमा भेटिएन बाघ

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनी–२ कमलशा टोलको खेत तथा उखुँवारीमा ड्रोनको सहायताले खोजी गर्दा बाघ फेला पर्न सकेन । हीरा शाहको ज्यान लिने नरभंक्षी बाघ नियन्त्रणमा लिए पछि सोहि ठाउँमा अर्को बाघ देखा परेको स्थानीयले बताएका थिए ।

बिहिबार घटना भएकै ठाउँमा अर्को बाघ देखा परेको स्थानीयले बताएपछि सुरक्षाकर्मी, वन्यजन्तु सम्बन्धिको प्राविधिक टोलीले शुक्रवार साँझ देखि खोज तलास सुरु गरेको थियो ।

कमलशा टोलमा ड्रोनको सहायताले खोज्दा बाघ नदेखिएको वन्यजन्तुको प्राविधिक जनाएको छ । यद्यपी बाघले दोधारा चाँदनी–३ को देवीथान र जमुनाघारीमा तीन बाख्रा खाएको छ ।

कमलशा टोलबाट बाघ निस्किसकेको हुनुपर्ने स्थानीय बताउछन् । कमलशा टोलबाट निस्किएर देवीथान र जमुनाघारीमा बाख्रा खाएको हुनसक्ने बताइएको छ । अब देवीथान र जमुनाघारीमा ड्रोनकै सहायताले बाघ खोजिने छ ।

ताजा समाचार

सम्बन्धित समाचार