कञ्चनपुरका ६ जना नेता समाजवादीको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट नेकपा एकिकृत समाजवादी पार्टीमा ६ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा एकिकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा कञ्चनपुरबाट प्रकाश रावल सहित ६ जना सर्वसम्मत रुपमा केन्द्रीय सदस्यमा चयन भएका छन् ।

केन्द्रीय सदस्य चयन हुँनेहरुमा प्रकाश रावल, लालबहादुर खड्का, माया पन्त, वीर बहादुर बुढाथोकी, माधब पन्त र खरेल रहेका छन् । केन्द्रीय सदस्य चयन भएका प्रकाश रावल र माया पन्त सुदूर पश्चिम प्रदेश सभा सदस्य हुन् ।

रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद हुन भने पन्त पार्टीको समानुपातिक कोटाबाट सांसद हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार