महेन्द्रनगर । दोधारा चाँदनीमा बिहिबार एक महिलाको ज्यान लिने बाघको खोजीकार्य जारी रहेको छ । हिजो दोधारा चाँदनी–२ कमलशा टोलकी २० वर्षिय महिला हिरा शाहको ज्यान लिएपछि साहि ठाउँको उखुँवारीमा बाघ लुकुको छ ।
४ ओटा हात्ति, सुरक्षाकर्मी र आरक्षको टोलिले बाघलाई नियन्त्रणमा लिन खोजिरहेको छ । हिजो बाघ दखा परेपनि उक्त टोलि नियन्त्रणमा लिन भने असफल भएको हो ।
दोधारा चाँदनी–२ कमलशा टोलको उखुँवारीमा पसेको बाघले बिहिबार राति भैँसीको पाडो समेत खाएको छ । आहाराको खोजीमा बाघ उक्त उखुँवारीबाट बाहिर नजाओस भनेर खोजी कार्यमा खटिएको टोलिले भैँसीको पाडोलाई उखुँवारी भित्रै राखेको हो ।
आहाराकालागि भनेर उखुँबारीभित्र राखेको पाडोलाई बाघले राती १ बजे खाएको छ । यसर्थ हिंसक बाघ सोहि उखुँवारी भित्रै रहेको र खोजी कार्य पुनः सुरु गरिएको दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । उक्त क्षेत्रका सबै जनालाई सुरक्षीत स्थानमा बस्नका लागि नगर प्रमुख लिम्बुले आग्रह गरेका छन् ।