कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना

प्रकाशित:

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ स्थीत बल्मीमा स्कुल बस दुर्घटना भएको छ ।

सोमबार (आज) दिउँसो गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटना भएको हो ।विद्यालय समयपछी विद्यार्थीहरुलाई छोड्न घर तिर जान लागेको उक्त बस सडक छेउमा दुर्घटना भएको हो । उत्त बसमा २७ जना विद्यार्थी रहेको र दुर्घटनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारको लागि पदमा अस्पताल लगिएको छ ।अ न्यको अवस्था सामान्य रहेको बताईएको छ ।
बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार