होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र रेग्मी

प्रकाशित:

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन । १६ औं जिल्ला अधिवेशनबाट रेग्मी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

होटल व्यवसायी संघ कञ्चनपुरले शनिवार महेन्द्रनगरमा २७ औँ बार्षिका साधारण सभा तथा १६औँ जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

प्रशासन पाध्यक्ष आत्माराम खनाल, पर्यटन उपाध्यक्ष कैलास कार्की, महासचिव नवराज जोशी, सचिव डम्बर बहादुर खडका, कोषाध्यक्ष शिव भण्डारी, सहकोषाध्यक्ष नैनसिह बोहरा, सदस्य तर्फ मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धन ब। रावत, गौरब भट्ट, सञ्जय कुमार भट्ट, रमेश बहादुर रावत, तपेन्द्र कुमार रोकाया रहेका छन । अहिले नै बरिष्ठ उपाध्यक्षको टुङ्गो भने नलागेको समितिले जनाएको छ ।

होटल व्यवसायी संघ कञ्चनपुरको जिम्मेवारी पाएका अध्यक्ष रामचन्द्र रेग्मीले समग्र जिल्लाभरीको होटल व्यवसायीको समस्या समाधान गर्दै होटल व्यवसायीको बृद्धि विकास एवं व्यवसाय सम्मानित बनाउँने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार