काठमाडौं । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा झरेको पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बसको खोजीमा प्रयोग गरिएको चुम्बक नै हराएको छ ।
भारतीय उद्दार टोलीले सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजीमा प्रयोग गरिएको १९ केजीको चुम्बक नै बगेर बेपत्ता भएको हो ।
शनिबार दिउँसो खोजीका क्रममा १९ केजीको चारपाटे चुम्बक त्रिशूलीले बगाइदिएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । चुम्बक खोज्न देवघाटसम्म पुगे पनि भेट्टाउन सकेनन।
उक्त १९ केजीको चुम्बकसहित लाइफ ब्वाई ट्युबसमेत त्रिशूलीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्दारमा प्रयोग गरिन्छ ।