महेन्द्रनगर । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेकी छिन् ।
शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए ।
तर नमानेपछि उनलाई समात्न प्रहरी गएका थिए । प्रहरी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।