बिचल्लीमा दोधारा चाँदनीः अझै विद्यालयमै बस्न बाध्य बाढी पीडित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावितहरु अँझैै घर फर्कन सकिरहेका छैनन् । दोधारा चाँदनी नगरपालिका ३ जामनाभाडी, पट्टरा खल्लाका २६ परिवार अहिले पनि विद्यालयमा आश्रय लिएर बसी रहेका छन् ।

दोधारा चाँदनी नगरपालिका– ३, ६, ७, ८, ९ र १० वडाहरुमा बाढीले धेरै क्षति गरेको पूर्ण विवरण नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

असार र श्रावणमा आएको बाढीले घरमा पुरै क्षती, अन्न लत्ताकपडाहरु सबै बगाएपछि अहिले उनिहरु श्री जमुना आधारभुत विद्यालयमा आश्रय लिएर बसीरहेका हुन् ।

जगबुढा नदीमा आएको बाढी पुरै वस्तीमा पसेपछी आफनो घर, अन्न लत्ताकपडा बाख्रा लगायतका धनमाल सबै गुमाएका २६ परिवारले विद्यालयलाई आफनो आश्रय स्थल बनाएका छन् ।

वर्षले ७० पुग्नु भएका गंगादेवी सुनारले यता विद्यालयबाट पनि छोडनका लागी पटक पटक भनी रहेको भएपनि अहिले घर फर्किने अवस्था नरहेको बताउनु भयो ।

“विद्यालयमा पनि पढन आफनै बालबालिकाहरु आउछन हामी सबै विद्यालयमा बस्दा अन्य अरु बालबालिको पनि पढाई खराव हुँदैछ” उहाँले भन्नुभयो, “अब जाने त कहाँ जाने, बस्नलाई बास छैन, लगाउनलाई कपडा छैन, सरकारले पनि केही व्यवस्था गर्न सकेको छैन हामी गरिवलाई ” यस्तै पिडा वर्ष ७८ का गगने कामीको रहेको छ, “शरिरमा एकजोर कपडा मात्रै बाँकी रहेको छ, तिनपटक बाढी आयो, सबै बगाएर लग्यो,

हामीलाई सरकारले हेर्न सक्दैन भने, मर्न बाहेक अरु उपाय छैन” उहाँले भन्नु भयो, “विभिन्न संस्थाले दिएका छन, तर सरकारले अहिले सम्म केही पनि गरेका छैनन, अहिले बस्नका लागी त्रिपालको व्यवस्था गरेर अलि उच्चो ठाँउमा बस्नको व्यवस्था गरिदिए हुने थियो” । अर्का स्थानिय देवीसरा सुनारको ६ महिनाको बालक संगै सवद्यालयमा आश्रय लिएर बसेका छन् उनिसंग अन्य २ जना सानासाना बालबालिका छन् ।

उहाँले पनि विद्यालयले यताबाट जानुस अब पढाईमा पनि बाधा हुँदैछ भनेर भन्दै गरेको बताउनु भयो । जाने त कता जाने रु कहाँ बस्ने रु घरमा जाने अवस्था अहिले पनि छैन् यता पानी नपरे पनि माथी चुरेमा पानी पय्रो या महाकालीमा पानीको बहाव बढ्यो भने पनि हामीलाई सारै सास्ती हुने गरेको छ ।

हामी त चारैबाट समस्यामा परेका छौ, उहाँले भन्नु भयो । यस्तै समाजसेवी भीम कुमालले दोधाराचादनीमा सबै बाढी पिडितहरुको ७० प्रतिशत अन्न काम नै नलाग्ने गरी बिग्रीएको, १ सय २ परिवारमा क्षती भएको र यो तथ्याङक बढ्न सक्ने तथ्याङक संकलन भईरहेको बताउनु भयो ।

उहाँले अहिले श्री जमुना आधारभुत विद्यालयमा जमिन रहेको र उक्त जमिन उच्चो भागमा अवश्थित भएको भएर बाढीबाट प्रभावित २६ घरपरिवारलाई त्रिपाल दिएर अश्थायी रुपमा व्यवस्थापन गर्न सकिने बताउनु भयो । यो क्षेत्रमा नमुना वस्ती जस्तो निर्माण गर्न सकिने र बाढी आएपनि खासै फरक नपर्ने यो ठाँउ भएकाले सरकारले तत्कालै यो काम अगाढी बढाउनु पर्ने बताउनु भयो ।

यता, दोधराचादनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले कार्यपालिका वैठक बसेर संकटासन्न जोखिम युक्त क्षेत्रको पहिचान गरी ठोस निर्णय गरी तिव्र गतीमा आवस्यक्ताको आधारमा काम गरिने बताउनु भयो । शुक्लाफाँटा खबर

ताजा समाचार

सम्बन्धित समाचार