दोधारा चाँदनीको १८ नं. पिल्लर बस्ती नजिक जोगबुडा नदीको कटान तिब्र

प्रकाशित:

पप्पु गुरुङ्ग। दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी गर्दै घर, आंगन नजिक पुगेको छ । आज बिहान अचानक जगबुडा नदीको वहाव तिब्र भएसंगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी तिब्र बनाएको छ।

बस्तीको घर आंगन नजिक जगबुडा नदी कटानी गर्दै नदी पुग्न थालेपछि स्थानियहमा त्रास छाएको छ् । नदीको कटानीलाई रोक्न स्थानिय स्तरबाट प्रयास जारी छ । रुखका स्याला काटेर कटानीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिपरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नदीको बाहव थोरै पनि तिब्र हुने बित्तिकै जगबुडा नदीले घरहरु तहस नहस गर्ने बताउनुभएको छ । गत वर्ष दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुको सहयोगमा जैविक तटबन्ध निमार्ण गरेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले नदीको बहाव यस्तै तिब्र गतीमा रहने हो भने, राती सम्म नदी घर सम्म पुग्ने बताउनुभएको छ ।

नदी छेउमा रहेका रुख नदीले बगाएर लग्ला, भनेर रुखहरुलाई तार, रस्सीले बाँधेर राख्ने काम भईरहेको उहाँले बताउनुभएको छ । केही दिन अघि आएको जगबुडा नदीमा आएको बाढीले अठार नम्वर पिल्लर बस्ती नजिकको जग्गा कटानी गर्न थालेको छ।

नदीको कटानी अझै पनि नरोकिएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् । बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानियहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् ।

नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक खेतीयोग्य जग्गा रहेको छ् । बस्तीमा वर्षायाममा मात्रै नभई हिउदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भुमी कटानी गर्दै आएको स्थानियबासीहरुको भनाई रहेको छ।

यस्तै आज बिहान जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला, वडा नं. ८ जर्काटोल र कुतियाकवर बस्तीमा नदीको पानी पसेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार