महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउन बहुवर्षीय बिरुवा वितरणकार्य सुरु गरेको छ।
सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य सुरु गरेको हो।
फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ। गत आर्थिक वर्षमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन्।
शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए।
‘सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ’ उनले भने, ‘पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन्।’