अनलाइनबाटै नयाँ नागरिकता

प्रकाशित:

स्याङ्जा । प्रबिधिको बिकाससँगै स्याङ्जामा अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ ।

बिगतबाट हातले लेखेको अनुसुचि सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाईबाट फर्म भरेर नागरिकता पाइने भएको छ ।

गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना ब्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै पालिकामा एकैचोटी प्रबिधिको प्रयोग शुरु गरिएको हो ।

गृह मन्त्रालयले जिल्लामा रहेका ९७ वडाका सचिब र वडा अध्यक्षलाई तालिम दिएसँगै गत असार १९ गतेबाट भिरकोटले शुरुवात गरेकोमा साउन १ गतेबाट भने सबै वडामा यो प्रणाली अनिवार्य गरिएको हो ।

यो प्रणालीमा निबेदकको माग अनुसार बिवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने बताउदै अर्जुन चौपारी ३ का वडासचिब नारायण पौडेलले सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेगरेको बताउनुभयो ।

प्रबिधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । बिगतमा कागजात नपुग्दा प्रशासन पुगेर फर्कनु पर्ने अवस्था रहेको बताउदै सप्रजिअ पौडलले सिफारिस भरेर नम्बर लिएर आउने कोही खाली नफर्कने बताउनुभयो ।

स्याङ्जामा जिल्ला प्रशासन कार्यलयबाट ५१ जना र इलाका प्रशासन कार्यालयबाट २० जना गरी ७१ जनाले अनलाइन सिफारिसमार्फत नयाँ नागरिकता लिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार