कञ्चनपुरमा ट्राफिक प्रहरीले उठायो ८८ लाख राजश्व,सडक दुर्घटनामा आयो कमी

प्रकाशित:

महेन्द्रनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले एक वर्षमा अठासी लाख ६ सय एक राजश्व संङ्कलन गरेको छ । कार्यालयले चालु आर्थीक वर्ष २०८०÷०८१ को अषाढ मसान्त सम्म ८८ लाख छ सय एक रुपैया राजश्व संङ्कलन गरेको हो।

गत आव २०७९÷०८० मा एक करोड ५० लाख ६५ हजार पाच सय राजश्व संङ्कलन भएको थियो । गत वर्ष पच्चीस हजार ५सय २१ जना सवारी सुाधन तथा सवारी धनीहरुलाई कारवाही गरिएको थियो । कार्यालयले कञ्चनपुरले बाह्र हजार ४ सय ९१ सवारी साधनलाई कारवाही गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रनि नेरश बिकका अनुसार एक वर्षमा जिल्लामा ५६ वटा सवारी दुर्घटना भएको र ३२ जनाले दुर्घटनामा ज्यान गुमाउनुका साथै ७४ जना घाईते भई ६ पशुचौपायाको मृत्यु भएको बताए ।

गत वर्ष ६३ सवारी साधन दुर्घटना हुदा ४३ जनाको मृत्यु हुनुका साथै ५९ घाईते भएको बिकको भनाई रहेको छ । गत वर्ष मापसे गरेर सवारी साधन चलाउने एघार सय १८ जनालाई कारवाही गरिएको थियो ।

कार्यालयले दुर्घटना न्युनीकरण सम्बन्धी जिल्लाका विभिन्न ठाउँमा चार सय ४७ पटक जनचेतनामुलक कायक्रम गरेको थियो । सो कार्याक्रममबाट पैतिस हजार २ सय ३७ जना लाभान्वित भएको तथाङ्कका उल्लेख गरीएको छ ।कार्यालयले आवश्यक कारवाहीको लागि १८ वटा मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताए ।

गत वर्ष १४ वटा मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको थियो । ट्राफिक प्रमुख बिकले दुर्घटना न्युनिकरण्ण सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम कडाइका साथ पालना गराउँदा चालु आर्थिक वर्षमा आवमा दर्घटनामा कम भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार