घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक समेत फेला परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कृषि प्राविधिक  अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक ९जेटीए० अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ पक्राउ गरेको थियो।

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशनवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट पक्राउ गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार