महेन्द्रनगर । शैल्यशिखरका २ कर्मचारि घुस सहित पक्राउ, पक्राउको सुचना छैन अख्तियार शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।
उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए ।
उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगर लगिदैँछ । अख्तियार महेन्द्रनगरका सुचना अधिकारी वसन्त बहादुर शाहिले योे सुचना आई नपुगेको बताउनु भएको छ ।