Saturday, July 13, 2024

सेनाका हाकिम ‘केटीकाण्ड’मा फस्दै, २ जना हिरासतमा

प्रकाशित:

काठमाडौं । नेपाली सेनाका एक लेफ्टिनेण्ट कर्णेल केटीकाण्डमा मुछिएका छन्। लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरा यस्तो प्रकरणमा मुछिएका हुन्।

स्रोतका अनुसार उनलाई हाल सैनिक प्रहरीले हिरासतमा राखेको छ। आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला ९बन्दोबस्ती कार्य सिपाही० ले उजुरी दिएकी थिइन्। त्यसलगत्तै सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि सैनिक आचरणविपरीतको कसूर गरेको आरोप छ। यस्तै काण्डमा प्रमुख सेनानी विशेष पौडेल पनि डामिएका छन्।

उनी पनि महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेको हुन्। त्यसभन्दा पहिले महासेनानी दिरेन्द्रकुमार मल्लको जन्ममितिमा कैफियत देखिएपछि जर्नेल बनाउने भन्दै अमेरिकाबाट झिकाएर बर्खास्त गरिएको थियो। महेन्द्रनगर पोष्ट

ताजा समाचार

सम्बन्धित समाचार