बाढीले कञ्चनपुरमा ९ सय भन्दा बढी परिवार विस्थापित

प्रकाशित:

महेन्द्रनगर । महाकाली लगायत कञ्चनपुरका अन्य विभिन्न नदीनालामा आएको बाढीका कारण करिब ९ सय परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले डुबान भएपछि विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहानसम्म ८ सय ९१ परिवारका ३ हजार २९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

May be an image of body of water

दोधारा चाँदनी, भीमदत्त नगरपालिका, बेदकोट, बेलडाडी, बेलौरी र पुनर्वासमा बाढीका कारण बढी डुबान भएको छ । डुबानमा फसेका २९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिकामा महाकाली नदीको बाढीले जोगबुडाको बाढी थुनिँदा केही बस्ती डुबानमा परेका छन् ।

कुतियाकभर, शान्तिटोल, निशानी टोल, बैदीफाँटा, सुन्दरनगर र कञ्जभोजलगायतका बस्ती डुबानमा परेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले बताए ।

May be an image of body of water

‘जोगबुडाको बाढी बस्तीमा पस्ता तीन सय बढी परिवार विस्थापित भएका छन्,’ नगर प्रमुख लिम्बूले भने, ‘बाढी झन् बढिरहेको छ, बस्ती पूरै जलमग्न भएको छ ।’ उनका अनुसार विस्थापित भएकाहरू नजिकैको विद्यालय र आफन्तको घरमा आश्रय लिई बसेका छन् ।

May be an image of 5 people

भुजेला खोलाको बाढी बस्तीमा पस्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का १ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । महाकाली नदीले खोलाको बहाव रोक्दा बाढी बस्तीमा पसेको हो । विस्थापित परिवार वडा कार्यालय र विद्यालयमा बसेका छन् ।

May be an image of 8 peopleजिल्ला सदरमुकाम महेन्द्रनगर बजारसमेत डुबानमा परेको छ । यहाँ पनि सयौं परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बजार क्षेत्रमा पानीको निकास नहुने र नदी नालाको पानीसमेत बजारमै पसेका कारण डुबान भएको हो । अझै पनि वर्षा नरोकिएका कारण डुबान कम हुन सकेको छैन । बजार क्षेत्रमा खोलानाला मिचेर घर निर्माण गरेका कारण डुबान भएको स्थानीय बताउँछन् ।

May be an image of 1 person and body of water

यसैगरी चौधर नदी बस्तीमा पस्दा बेलडाडी क्षेत्रका पनि विभिन्न क्षेत्रमा डुबान भएको छ । दोदा र मछेली नदीमा आएको बाढीले पनि नदी किनारका बस्ती डुबानमा परेका छन् ।

महाकाली नदीमा पानीको बहाव सोमबार पनि उच्च रहेको छ । प्रहरीका अनुसार सोमबार बिहानको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख ५५ हजार क्युसेक पुगेको छ ।

कञ्चनपुरमा बाढीको प्रभाव : ४ सय ६६ घर डुवानमा,एक जना बेपत्ता हुँदा एकको मृत्यु

शारदा ब्यारेजको बनवासा पुलमा शनिबारदेखि बन्द गरिएको ठूला (चारपांग्रे) सवारी साधनको आवागमन तेस्रो दिन पनि बन्द रहेका छन् ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघ्नेबितिक्कै जोखिम हुने भन्दै ठूला सवारी साधनको अवागमनमा रोक लगाइने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार