कञ्चनपुर-कैलालीमा निरन्तर भारी वर्षाः नदी किनार र तटिय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन आग्रह

प्रकाशित:

महेन्द्रनगर । देशभर भारी वर्ष भइरहेको छ । शुक्रबार देखि देशभर भारी वर्षका कारण बाढी, डुवान र बाढी पहिरोका घटनाहरु बढ्दै गएका छन् । कञ्चनपुरमा पनि निरन्तरको वर्षाले दोधारा चाँदनी लगायत विभिन्न ठाउँ डुवानमा पर्न थालेका छन् ।

शनिवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षा हुँने सम्भावना देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखा सिंहदरवार काठमाडौंको जानकारीलाई उदृत गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिवार राती कैलाली र कञ्चनपुरमा भारी वर्षा हुँने हुँदा नदी किनार र तटिय क्षेत्रमा बस्ने जनताहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

मनसु सक्रिय भएयता सुदूरपश्चिममा लगातार वर्षा भइरहेको छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । महेन्द्रनगर लगायतका सहरी क्षेत्र समेत जलमग्न बनेका छन् ।

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार