Saturday, July 13, 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।बैठकमा केन्द्रीय कायसमिति बैठक, म्याद सकिएका भ्रातृ संगठन, गठन हुन बाँकी विभाग तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

ताजा समाचार

सम्बन्धित समाचार