पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार भट्टको निधन

प्रकाशित:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टको निधन भएको छ ।

आइतबार राती भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित निवासमा वरिष्ठ पत्रकार भट्टको निधन भएको हो । भट्ट केही दिनदेखि विरामी भएपछि काठमाडौै जाने तयारी गरेका थिए ।

वरिष्ठ पत्रकार भट्ट फारवेष्ट टाईम्स दैनिकका प्रकाशक र प्रधान सम्पादक हुन् ।

उनले सुदूरपश्चिममा पहिलो पटक अफसेट प्रेस सञ्चालन गरेका थिए । उनलाई सुदूरपश्चिममा पत्रकारिताको ‘माइलस्टोन’ का रुपमा लिइन्छ ।

भट्टका धर्मपत्नि, दुई छोरा छन् । छोराहरु अमेरिकामा रहेका छन् । मंगलबार उनका छोराहरु पुगेपछि दिउसो हिन्दू संस्कार अनुसार महाकाली नदीमा वरिष्ठ पत्रकार भट्टको अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएकोछ ।

ताजा समाचार

सम्बन्धित समाचार